कालीकोटमा पहिरो : आठ जनाको मृत्यु

विराटनगर, १४ साउन । कालिकोटमा मंगलबार राति आएको पहिरोमा परी एकै परिवारका सातजना सहित आठको मृत्यु भएको छ ।

कालीकोटको नरहनीनाथमा गाउँपालिका–७ मा आएको पहिरोले पुरिएर ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी बिमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

घटनास्थलबाटै छजनाको शव निकालिएको थियो भने छोरी विमलाको उद्दार गरी उपचार गर्ने क्रममा मृत्य भएको डीएसपी श्याम ओलियाले जानकारी दिए ।

यसैगरी, नरहनीनाथमा गाउँपालिका–४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।

Loading...