एसईई नतिजा एक हप्तामा

काठमाडौं, १४ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी एक हप्ताभित्र प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा एक साताभित्र प्रकाशन गर्ने तयारी थालेको र अन्तिम चरणमा पुगेको जनाएको छ ।

कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको थियो । विद्यालयले पठाएको आन्तरिक मूल्यांकन अंक रुजु भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

Loading...