सिरी ‘ए’ : आज आठ खेल हुँदै, युभेन्टस, मिलान र लाजियो प्रतिस्पर्धामा

एजेन्सी, १४ साउन । इटालियन सिरी ‘ए’ मा आज आठ खेल हुँदैछन् । ३७औं चरणको खेलअन्तर्गत आज १६ वटा टोलीहरू प्रतिस्पर्धामा छन् ।

आज च्याम्पियन बनिसकेको युभेन्टस, एसी मिलान, रोमा र लाजियो पनि प्रतिस्पर्धामा छन् । युभेन्टसले नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने खेलमा क्याग्लीआरीसँग खेल्दैछ ।

यो खेल क्याग्लीआरीको मैदानमा हुनेछ । अंक तालिकामा युभेन्टस शीर्ष स्थानमा छ भने क्याग्लीआरी १४औं स्थानमा छ ।

एसी मिलानले राति ११ः१५ बजेबाट साम्पोडोरियासँग खेल्दैछ । यो खेल साम्पोडोरियाको मैदानमा हुनेछ । लिगमा मिलान छैटौं तथा साम्पोडोरिया १५औं स्थानमा छ ।

सोही समय चौथो स्थानको लाजियो र १९औं स्थानको ब्रेसियाले खेल्नेछन् । यो खेल लाजियोको मैदानमा हुनेछ ।

यता, रोमाले राति १ः३० बजे टोरिनोसँग उसैको मैदाना प्रतिस्पर्धा गर्नेछ । लिगमा रोमा पाँचौं तथा टोरिनो १६औं स्थानमा छ ।

अन्य खेलहरूः

भेरोना भर्सेस एसपीएएल–राति ११ः१५ बजे
उडिनेस भर्सेस लिस–राति ११ः१५ बजे
सासुलो भर्सेस जेनोआ–राति ११ः१५ बजे
फियोरेन्टिना भर्सेस बोलोग्ना–राति १ः३० बजे

Loading...