सन्दीप बिहीबार वेष्ट इन्डिज जाने

विराटनगर, १४ साउन । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

चार्टर्ड फ्लाइटमार्फत उनी भोलि वेष्ट इन्डिज प्रस्थान गर्न लागेको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

सन्दीप अमेरिका हुँदै आइतबार वेष्ट इन्डिज पुग्नेछन् । त्यसपछि उनी खेल स्थान ट्रिनिडाड एण्ड टोबागो जानेछन् ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १ भदौबाट मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई वेष्ट इन्डिज जान समस्या भएको थियो । तर, अन्तिम समयमा उनी जाने टुंगाले लागेको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।

सीपीएल ट्रीनिडाड एन्ड टोबेगोमा २ भदौ अर्थात १८ अगष्टबाट सुरु हुँदैछ । उद्घाटन खेलमामा ट्रीनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्सले खेल्ने छन् ।

सन्दीप यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो ।

Loading...