यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल …

पोखरा, १४ साउन । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिले पनि लकडाउन जस्तै छ तर काम भने भइरहेको छ ।

विमानस्थल निर्माणमा अहिले झण्डै तीन सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये दुई सय ४४ चिनियाँ र एक सय नेपाली कामदार रहेको मुनानकर्मीले बताए ।

जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुने हो भने समयसीमामा काम सकिने उनले बताए ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

Loading...