रियलका फरवार्ड डियाजलाई कोरोना ‘पोजिटिभ’

एजेन्सी, १४ साउन । रियल मड्रिडका फरवार्ड मारियानो डियाजलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रियलले आफ्ना २६ वर्षीय स्ट्राइकर डियाजलाई कोरोना ‘पोजिटिभ’ भएको पुष्टि गरेको हो ।

रियलले आधिकारिक वेभसाइटमा सोमबार गरिएको परीक्षणमा उनमा कोरोना देखिएको जनाउँदै हाल उनी होम आइसोलेसनमा रहेको बताएको छ ।

पूर्ण रूपमा स्वस्थ्य रहेपनि उनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेल गुमाउने भएका छन् ।

रियलले आगामी ७ अगस्टमा च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

यो खेल सिटीको मैदान इतिहादमा हुनेछ ।

Loading...