सिरी ‘ए’ : नापोलीमाथि इन्टरको सहज जित

एजेन्सी, १४ साउन । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नापोलीमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २–० गोलले हराएको हो ।

खेल इन्टरको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन डेनिलो डी‘एम्ब्रोसियो र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे ।

खेलको ११औं मिनेटमा डी‘एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ७४औं मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले २–० गोलको जित निकालेको हो ।

जितसँगै इन्टरले शीर्ष स्थानको युभेन्टससँगको अंकदूरी घटाएको छ । दोस्रो स्थानको युभेन्टसले ७९ अंक बनाएको छ भने लिग च्याम्पियन बनिसकेको युभेन्टससँग ८३ अंक छ । युभेन्टसले इन्टरभन्दा एक खेल कम खेलेकाे छ ।

यता, पराजित नापोली भने ५९ अंकसहित सातौं स्थानमा छ ।

हिजो राति नै भएको अर्को खेलमा अटलान्टाले पर्मामाथि २–१ गोलको जित निकालेको छ ।

Loading...