birat ribon

सत्याग्रहीलाई कांग्रेसको समर्थन

Neuro
सत्याग्रहीलाई कांग्रेसको समर्थन

काठमाडौ, १३ साउन । नेपाली कांग्रेसका नेताहरुले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

नेताहरुले वसन्तपुर पुगेर आफसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुको अभियानमा समर्थन रहेको बताएका हुनू् । नेता प्रकाशमान सिंहले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी वातावारण कदम चाल्न नसकेको बताए ।

cura insider

नेपाल विद्यार्थी संघका पूर्वसभापति नैनसिंह महरले कुनै पनि समुदाय र वर्गबाट सरकारले गरेका गलत कामहरुको विरुद्धमा आवाज उठेमा त्यसको समर्थन कांग्रेसले गर्ने बताए ।

सिंह र महरसँगै कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरीलगायतको सहभागिता रहेको थियो । शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो ।

आफूहरुसँग गरेका प्रतिवद्धताहरु पूरा नभएपछि अभियन्ताहरुले सत्याग्रह सुरु गरेका हुन् ।

jackson ribon