बाढीले घर बगायो: दुईको मृत्यु, चार बेपत्ता

विराटनगर, १३ साउन । कालीकोटमा खहरेखोलामा आएको बाढीले दुईको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् ।

कालिकोट, रास्कोट गाउँपालिका–१ को गंगे खहरेखोलाको बाढीले सोमबार राति जशबहदाुर शाहीको घर बगाउँदा एकजनाको मृत्यु भएको छ भने चार बेपत्ता छन् ।

बाढीले घर बगाउँदा घरधनी जशबहादुर शाहीको शव फेला परेको र परिवारका चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएपी श्यामबाबु ओलीयाले बताए ।

‘पहिरोमा पुरीएर घरमुली जशबहादुर शाहीको शव फेला परेको छ’, उनले भने, ‘अरुको खोजीकार्य जारी छ ।’

घटनामा शाहीका दुई छोरी एक छोरा र एक भतिजी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जशबहादुरकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कौशा, ८ वर्षीय छोरा नवीन र १५ वर्षीया भतिजी अस्मिता छन् ।

त्यस्तै सोही वडाको तुसारे भन्ने ठाउँमा स्थानीय टेक टमटाको घर भत्किँदा बेपत्ता एक किशोरीको पनि शव निकालिएको डीएसपी ओलीयाले बताए । सोमबार राति नै अविरल वर्षाका कारण टमटाको घर भत्किँदा पाहुना आएकी १४ वर्षीया किशोरी केशपुरा शाही बेपत्ता भएकी थिइन् । उनको मंगलबार दिउँसो शव निकालिएको ओलियाले बताए ।

Loading...