birat ribon

पूर्वसचिव प्रेम राई अख्तियार प्रमुख बन्दै

Neuro
पूर्वसचिव प्रेम राई अख्तियार प्रमुख बन्दै

काठमाडौ, १३ साउन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेम राईलाई नियुक्त गर्ने तयारी गरेकाे छ । अख्तियार प्रमुख नवीन घिमिरेको समयअवधि सकिनै लाग्दा सरकारले नयाँ प्रमुखको विषय टुंगो लगाएको हो ।

Padelux insider
cura insider

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भएको छलफलबाट प्रमुखमा राई र अन्य दुई आयुक्तको नाम टुंगो लागेको स्राेतले जानकारी दिएकाे छ ।

पूर्व सचिव राई गत माघमा गृह मन्त्रालयबाट अवकाश भएका थिए । राई प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिन्छन् ।

त्यस्तै, रिक्त आयुक्तहरुमा दीलिप रेग्मी र गजेन्द्र ठकुरीको नाम पक्का भएको स्रोतको दावी छ । ठाकुरको नाम नेकपाका तर्फबाट र रेग्मीको नाम कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए ।

jackson ribon