सिरी ‘ए’ : इन्टरलाई नापोलीको चुनौती

एजेन्सी, १२ साउन । इटालियन सिरी ‘ए’ मा आज इन्टर मिलान र नापोलीबीचको भिडन्त हुँदैछ । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने यो खेल इन्टरको मैदानमा हुनेछ ।

यस खेलमा इन्टर शीर्ष स्थानको युभेन्टससँगको अंकदूरी घटाउने दाउमा हुनेछ ।

लिग च्याम्पियन बनिसकेको युभेन्टससँग ८३ अंक छ । इन्टर युभेन्टसभन्दा ७ अंकले पछि परेको छ । दोस्रो स्थानको इन्टरसँग ७६ अंक छ ।

यता, नापोली भने ५९ अंकसहित सातौं स्थानमा छ । उसले आज इन्टरमाथि जित निकालेमा छैटौं स्थान बनाउने छ । छैटौं स्थानको एसी मिलानसँग ६० अंक छ ।

इन्टर र नापोलीबाहेक आज तेस्रो स्थानको अटलान्टा र ११औं स्थानको पर्मा पनि प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल राति ११ः१५ बजे पर्माको मैदानमा हुनेछ ।

Loading...