birat ribon

बरामद साढे चौध किलो सुन नक्कली

Neuro
बरामद साढे चौध किलो सुन नक्कली

काठमाडौं, १३ साउन । काठमाडौको कमदालीबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये साढे चौध किलो सुन नक्कली रहेको खुलेको छ । पक्राउमध्ये आधा किलोमात्र सक्कली रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुन परीक्षण गर्दा साढे चौध किलो नक्कली भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली बताए ।

cura insider

बिस्कुटको आकारको दर्जनौँ टुक्रा सुनमध्ये धेरैमा पित्तलको जलप लगाएको पाइएको एसपी ज्ञवालीले बताए । झट्ट हेर्दा सुनझै लाग्ने धेरै टुक्रा नक्कली भएको र आधा किलो मात्र सक्कली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै बताउँदै आएको थियो ।

jackson ribon