भ्यालेन्सियाको प्रशिक्षकमा जाभी ग्रासिया

एजेन्सी, १३ साउन । स्पेनिस क्लब भ्यालेन्सियाले प्रमुख प्रशिक्षकमा जाभी ग्रासियालाई नियुक्त गरेको छ ।

५० वर्षीय स्पेनिस प्रशिक्षक ग्रासियासँग भ्योन्सियाले २ वर्षसम्मका लागि सम्झौता गरेको हो ।

अलबर्ट सेलाडेसलाई बर्खास्त गर्दै वार्टफोर्डका पूर्वप्रशिक्षकसमेत रहेका ग्रासियालाई भ्यालेन्सियाले प्रशिक्षक बनाएको हो ।

खराब नतिजाका कारण भ्यालेन्सियाले रियल मड्रिडका सहायक प्रशिक्षकसमेत रहेका सेलाडेसलाई ९ महिनामै बर्खास्त गरेको थियो ।

४४ वर्षीय प्रशिक्षक सेलाडेसलाई बर्खास्त गरेसँगै क्लबका खेल निर्देशक सिजर साञ्जेजले पनि राजीनामा दिएका थिए ।

भ्यालेन्सियाले नवौं स्थानमा रहँदै २०१९–२० सिजनको अन्त्य गरेको थियो ।

Loading...