विराटनगर, १३ साउन । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा युट्युबर अर्जुन शिवकोटीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
शिवाकोटीले आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी पनि भनेर चिनाउँथे ।
अदालतलको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाकाअनुसार शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।