Rumpum Advertisement
Dazzu

गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय नजिक

गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय नजिक

पोखरा, १२ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नजिक पुगेको छ । सोमबार दिउँसो थप २२ जना संक्रमितहरू थपिएसँगै गण्डकी प्रदेशमा १३ सय ९९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा एक महिनासहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोदविन्दु शर्माका अनुसार स्यांजामा १८, कास्की र लमजुङमा समान दुई–दुई जनामा संक्रण पुष्टि भएको हो ।

संक्रमित सबै व्यक्तिहरूलाई आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले जनाएका छन् ।