कोभिड-१९ जितेको महशुस गर्न ‘कोरोना बर्गर’

विराटनगर, १२ साउन । भियतनामको राजधानी हनोइमा कोरोना भाइरसको स्वरप रहेको बर्गर बनाएर बेच्दै आएका छन् ।

पिज्जा होम टेकअवे पसकला शेफ होङ्ग तुंग र उनको टोलीले ग्रीन टीको रंग राखेर बनाएको बर्गर बन्सलाई कोरोना भाइरसको माइक्रोस्कोपबाट हेर्ने स्वरुपसँग मिसाउन आँटाको सानो मुकुटको प्रयोग गर्दछन् ।

भियतनाममा कोरोना महामारीको कारण व्यापार व्यवसायहरू मन्द हुँदै गइरहेकाबेलामा समेत उक्त पसलमा दिनको करिब ५० वटा कोरोना वर्गर बिक्री हुने गरेको छ ।

विश्वव्यापि रूपमा कोभिड १९ महामारी फैलिरहेको बेला कोरोना बर्गर किन्न र खान आउने मानिसहरूले उज्यालो हरियो बर्गरलाई मनोबल बढाउने उपचारको रूपमा हेरेका छन् ।

कोरोना भाइरस धेरै खतरनाक छ । तर, यदि बर्गरलाई कोरोनाको आकारमा खाँदा हाम्रो दिमागले हामीलाई विजयी भएको जस्तो महशुस गराउने गर्छ ।

कोरोनालाई हराउनका लागि कोरोना बर्गर खानुपर्ने नारा प्रचलनमा आइरहेका छन् ।

स्वास्थ मन्त्रालयका अनुसार भियतनाममा अहिलेसम्म १ सय ४८ जना संक्रमित भेटिए पनि हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

Loading...