मुस्ताङमा घर भत्किँदा नातिको मृत्यु, हजुरबुबा घाइते

मुस्ताङ, १२ साउन । मुस्ताङमा घर भत्किँदा एकजनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

गए राति मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा १८ वर्षीय निशान तुलाचनकाे मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् ।

ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । हजुरबुबा-नाति सुतेको अवस्थामा घर भत्किएको थियो ।

स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।

Loading...