birat ribon

नेपालको व्यापार घाटामा सुधार

Neuro
नेपालको व्यापार घाटामा सुधार

विराटनगर, १२ साउन । कोरोना संक्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ ।

Padelux insider
cura insider

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार तथ्यांक अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपैयाँले घटेको हो ।

बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो ।

विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्यांक घटेको देखिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon