birat ribon

युवतीलाई एसिड प्रहार गर्ने दुई पक्राउ

Neuro
युवतीलाई एसिड प्रहार गर्ने दुई पक्राउ

विराटनगर, ९ साउन । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गरेको घटनामा संलग्न दुई जना बिहीबारराति ११ बजे डल्लुबाट पक्राउ परेका छन् ।

रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

cura insider

सीसीटिभी फुटेजमा देखिएको हुलियाका आधारमा रातारात भारत भाग्ने योजना बनाइरहेका उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

प्रहरी स्रोतकाअनुसार युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो ।

युवतीले अर्कै युवालाई मन पराउने गरेको चाल पाएर उनले मुन्नालाई युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गर्न लगाएको खुलेको छ ।

कोठाबाट दही किन्नकालागि निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको सीतापाइलमा बिहीबारसाँझ एसिड प्रहार भएको थियो ।

घाइते युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

jackson ribon