birat ribon

यति एयरलाइन्सको उडान खुलाउने तयारी

Neuro
यति एयरलाइन्सको उडान खुलाउने तयारी

काठमाडौ, ८ साउन । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तीव्र पारेका छन् ।

Padelux insider
cura insider

लकडाउनअघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाइ सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरेका छन् । सम्पूर्ण सुरक्षाका उपाय आपूmहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आग्रह गरे । उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, सेनिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन ।’

कोभिडअगाडिको अवस्थाभन्दा अहिले एक घण्टा अगाडि नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँचदेखि सम्पूर्ण प्रोटोकल पूरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा एक घण्टाअगाडि नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिडअगाडिकै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए ।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए । विमानमा यात्रा गर्दा अनिवार्यरुपमा मास्क लगाएको हुनुपर्ने, चेकइन गर्दा एक सय दशमलव ४ डिग्रीभन्दा बढी तापक्रम भएमा यात्रा प्रतिबन्ध लगाइने गरी यसअघि नै प्रोटोकल बनिसकेको छ । कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । कुकुर–बिरालो जस्ता कुनै पनि घरपालुवा जनावर ओसारपोसार गर्न पाइने छैन ।

jackson ribon