birat ribon

लकडाउन खुलेपछि सवारी चाप बढ्यो

Neuro
लकडाउन खुलेपछि सवारी चाप बढ्यो

काठमाडौं, ७ साउन । लकडाउन खुला भएसँगै काठमाडौं उपत्यकाका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो ।

सरकारले लकडाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा आएका छन् । बुधबारबाट जोर विजोर प्रणाली समेत हटेको छ ।

cura insider

सवारी चाप बढेसँगै लकडाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकामा ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए ।

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उनले बताए ।

ट्राफिक नियम उलंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारवाही गरिने उनले जानकारी दिए ।

jackson ribon