birat ribon

राजविराजमा समुदायस्तरमा पुग्यो कोरोना

Neuro
राजविराजमा समुदायस्तरमा पुग्यो कोरोना

सप्तरी, ७ साउन । सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएको छ । बुधबार राजविराजका १३ सहित थप १४ जनामा संक्रमण देखिएपछि कोरोना समुदायमा पुगेको पुष्टि भएको हो ।

cura insider

जिल्ला स्वास्थ्य कार्यालय सप्तरी निमित्त प्रमुख दुनियाँलाल यादवले बुधबारदेखि कोरोना समुदायस्तरमा पुगेको पुष्टि गरे ।

उनका अनुसार अनुसार बुधबार राजविराज ३ का ६३ र ३२ वर्षीय पुरुष, राजविराज–७ का २० वर्षीय पुरुष, राजविराज–६ का ४० वर्षीय पुरुष, राजविराज–३ का २३ वर्षीय पुरुष, राजविराज–६ का ३६ वर्षीय महिला, राजविराज –२ का ३१ वर्षीय पुरुष, राजविराज–६ का ३२ वर्षीय महिला, राजविराज–६ का ४३ वर्षीय पुरुष, राजविराज–७ का ४०, १७, १५ र १५ वर्षीय महिला तथा अग्निसाईर कृष्णसवरण गाउँपालिका–१ का एक पुरुषलाई संक्रमण देखिएको छ ।

संक्रमितमध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्ड र एक जना अस्पतालभित्रकै पोषण पुनर्स्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।

सप्तरीमा मंगलबारसम्म २२ महिलासहित दुई सय ७२ जना कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये एक जनाको साउन १ गते उपचारकै क्रममा धरानमा मृत्यु भएको छ ।

jackson ribon