लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो, १८ घर पुरिए

लमजुङ, ७ साउन । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा पहिरो जाँदा १८ घर पूर्णरुपमा क्षती भएका छन् ।

पहिरोमा परी हालसम्म ४ जना घाइते भएका छन् भने भने ८० घरपरिवार विस्तापित भएका छन् ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार बुधबार बिहान ९ः३० बजे पहिरो गएको हो । हालसम्म पहिरोबाट भएको क्षतिको विवरण प्राप्त नभएको उनले जानकारी दिए ।

Loading...