birat ribon

सिन्धुपाल्चोकमा लकडाउनभरि ४४ जनाले गरे आत्महत्या

Neuro
सिन्धुपाल्चोकमा लकडाउनभरि ४४ जनाले गरे आत्महत्या

सिन्धुपाल्चोक, ६ साउन । सिन्धुपाल्चोक जिल्ला लकडाउन अवधिभर ४४ जनाले आत्महत्या गरेका छन् । कोरोना नियन्त्रणमा सरकारल गरेको लकडाउनको कारणले आत्महत्या गर्नेको संख्या वृद्धि भएको छ ।

सामान्य अवस्थामा कम आत्माहत्याका घटना घटेको भए पनि लकडाउनको धेरै समस्या भएकाले आत्महत्या गर्नेको संख्या बढेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।

cura insider

लकडाउन अवधिमा आत्माहत्या बढ्नुको पछाडि सामाजिक, परिवारिक, प्रेम, एक्लोपन र मानासिक कारणहरुका रहेको छ उनले भने ।

आर्थिक वर्ष २०७६ र ०७७ को सुरुआती ११ महिनाको अवधिमा ६७ जनाले आत्माहत्या गरेको छन् । तर, लकडाउन अवधिभर ४४ जनाले आत्महत्या गरेका छन् । मानिसहरूले धेरै आत्महत्याको बाटो रोज्नुको कारण आर्थिक समस्या भएको उनको भनाइ छ ।

jackson ribon