
विराटनगर, ५ साउन । पार्कर खेलमा चार पटक विश्व कीर्तिमान राखेका दिनेश सुनार ‘वाओ’ इनर्जी ड्रिङ्सको ब्रान्ड एम्बास्डर बनेका छन् ।
दिनेश साहसिक खेल मानिएको पार्करमा रेकर्ड राख्ने पहिलो नेपाली खेलाडी मानिन्छन् ।
दिनेश र वाओ उत्पादन गर्ने सस्था क्वालिटी थाई फुड्स प्रालिबीच एक वर्षका लागि ब्रान्ड एम्बास्डर बन्ने सम्झौता भएको थाई फुड्सका नेशनल म्यानेजर भरत पौडेलले जानकारी दिएका हुन् ।
पौडेलका अनुसार पार्कर खेलका नेपालका पहिलो कीर्तिमानी खेलाडी दिनेश नेपालको पहिलो इनर्जी ड्रिक्सको ब्राण्ड एम्बास्डर बनेका हुन् ।
हवल्दार सुन्तली, किस्मत–२, हँसिया जस्ता चलचित्रमा स्टन्ट गरेका दिनेशले अमेरिकी गट ट्यालेन्टमासमेत सहभागिता जनाएका थिए ।
वाओ इनर्जी ड्रिङ्क्स मोरङको कटहरीमा रहेको क्वालिटी थाई फुड्सले उत्पादन गर्छ । थाई फुड्सले बजारमा ल्याएको इनर्र्जी ड्रिङ्क्स भारत तथा अन्य देशमासमेत निर्यात हुँदै आएको कम्पनीले जनाएको छ ।
यसअघि क्यालिबर सुज, माउन्टेन डिउ, डीआरएन इलेक्ट्रोनिक्सजस्ता विभिन्न ब्रान्डमा एम्बास्डर बनिसकेका दिनेशलाई नेपालकै पहिलो इनर्जी ड्रिङ्क्स वाओको एम्बासडर बन्ने पाउँदा खुसी लागेको बताएका छन् ।