ठूलो ढुंगा खसेर सडक अवरुद्ध

पर्वत, ६ साउन । मध्यपहाडी लोकमार्गको सडक ठूलो ढुंगो खसेर अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै सडकमाथिबाट पहिरोसँगै खसेको ढुंगाले छेकिएर पर्वत सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

सोमबार राति ११ बजेदेखि सो सडक अवरुद्ध भएको हो । कुश्मा नगरपालिका–२ अर्मादीमा भएको अवरोधले दुईतर्फी आवातजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिएका छन् ।

सडक खुलाउन केही समय लाग्ने भएको छ । सडकमा खसेका ढुंगालाई स्काभेटरको सहायताले हटाउन नसकिएको र ब्रेकरको सहायताले फुटाल्नुपर्ने अव्स्था रहेकाले केही समय लाग्ने श्रेष्ठले बताए ।

मध्यपहाडी लोकमार्गमा दर्जनौँ ठाउँमा स–साना पहिरो खसिरहेका छन् ।

Loading...