birat ribon

शौच गर्दागर्दै पहिरो, एक युवकको मृत्यु

Neuro
शौच गर्दागर्दै पहिरो, एक युवकको मृत्यु

काठमाडौं, ५ साउन । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।

आइतबार साँझ गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

cura insider

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जंगलमा गएका थिए । त्यही बीचमा आएको पहिरामा परी उनको मृत्यु भएको हो ।

पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

jackson ribon