गण्डकी प्रदेशमा थप १२ जना संक्रमित

पोखरा, ५ असार । गण्डकी प्रदेशका तीन जिल्लामा १२ जनामा कोराना भाइरस संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा ६ पुरुष र २ महिलामा कोरोना संक्रमण भेटिएको हो ।

त्यसैगरी, सोमबार थपिएकामा तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक–एकजना छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।

गण्डकी प्रदेशमा १००४ जना डिस्चार्ज भएका छन् । चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हाल गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।

Loading...