विराटनगर, ४ साउन । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि आफूले गरेको दाबी गलत साबित भएमा पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छिन् ।
भारतीय रिपब्लिक टिभीसँगको अन्तर्वातामा कंगनाले आफ्नो दाबी गलत साबित भए पद्मश्री फिर्ता गर्ने बताएकी हुन् ।
१४ जुनमा सुशान्तको आत्महत्या पछि कंगनाले सुशान्तको मृत्युको कारण बलिउड र नातावाद भएको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकी थिइन् ।
कंगनाका अनुसार बलिउडलले दिएको दवाब र केही फिल्मकर्मीले मिलेर उनलाई ब्वाइकट गरेकाले सुशान्तले आत्महत्या गरेका थिए ।
आफ्नो बोली प्रमाणित गर्न नसक्ने कुराहरू बोलेको भए आफू त्यस पुरस्कारको हकदार नहुने उनले बताइन ।
पद्मश्री भारत सरकारले सम्मान स्वरुव प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हो । कंगनाले यसै वर्ष कला क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि पद्मश्री पुरस्कार पाएकी हुन् ।