स्याङ्जामा सलह किरा ल्याउने बालबालिकालाई १२० रुपैयाँ

स्याङ्जा, ३ साउन । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सलह किरा ल्याउने बालबालिकालाई पुरस्कारस्वरुप १ सय २० रुपैयाँ प्रदान गरेको छ ।

गाउँपालिकाले केही समयअघि सलह किरा ल्याउनेलाई प्रतिकेजी ३०० दिने निर्णय गरेको थियो ।

तीनजना बालबालिकाले ४०० ग्राम सलह किरा ल्याएर बुझाएपछि साेही निर्णयअनुसार ती बालबालिकालाई पुरस्कृत गरेकाे गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

आइतबार दिउँसो आँधीखोला गाँउपालिका–५ बस्ने प्रज्वल केसी, एन्जोन केसी र विधान केसीले ४०० ग्राम किरा टिपेर कृषि शाखामा बझाएपछि गाँउपालिकाले उनीहरूलाई १२० रुपैयाँ प्रदान गरेको हाे ।

स्याङ्जाका विभिन्न पालिकाले सलह नियन्त्रण गर्न सलह छोपेर ल्याउनेलाई पुरस्कारस्वरुप नगद दिने भनेता पनि अहिलेसम्म सलह किरा छोपेर पालिकामा बुझाएको पाइएको थिएन ।

Loading...