birat ribon

नेपाल वायु सेवा निगमका चार पाइलटसहित १४ कर्मचारी कोरोनामुक्त

Neuro
नेपाल वायु सेवा निगमका चार पाइलटसहित १४ कर्मचारी कोरोनामुक्त

काठमाडौं, ४ साउ । कोरोना संक्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी निको हुँदै घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा संक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

cura insider

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

ती कर्मचारीमा २२ असारमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो ।

करिब दुई सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

jackson ribon