birat ribon

साइकल चोरेर तीन तले घर

Neuro
साइकल चोरेर तीन तले घर

काठमाडाैं, ४ साउन । सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका ४४ वर्षीय सुरेश भनिने रमेश माझीको भक्तपुरमा तीन तले घर निर्माणको अन्तिम चरणमा छ ।

भक्तपुरको च्याम्हासिंहमा रहेको घर अहिले धमाधम फिनिसिङ भइरहेको छ । तर उनले उक्त घर कुनै राम्रो कमाई गरेर भने बनाएका हैनन् ।

cura insider

प्रहरी अनुसन्धानबाट साइकल चोरी गरेर बेच्दै उनले घर बनाएको खुलेको छ ।

साइकल चोरीको अभियोगमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी अधिकारी छक्क परे ।

चोरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले पक्राउ परेका रमेशबाट चोरीका आठवटा साइकल बरामद भएको जानकारी दिए । एसपी कार्कीले साइकल चोरेर तीन तले घर बनाएको खुलेको बताए ।

चोरेका साइकल उनले भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा लगेर बेच्ने गरेको प्रहरीले जनाएकाे छ ।

jackson ribon