Rumpum Advertisement

एनआईसीको सुपर चमत्कारिक कर्जा योजना

Neuro Revised Adv
Koshi Dashain ad
एनआईसीको सुपर चमत्कारिक कर्जा योजना

विराटनगर, २ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जा योजना ल्याएको छ । घर सवारी तथा व्यावसाय कर्जामा सुपर चमत्कारिक कर्जा योजना ल्याएको हो ।

योजना अनुसार बैंकले सेवाग्राहीलाई ८.२५ प्रतिशत ब्याजदरमा ऋण दिने छ । कर्जाका लागि ०.२५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने बैंकले जनाएको छ ।

कर्जा स्वीकृत भएपश्चात एक वर्षसम्म ब्याजदर ८.२५ प्रतिशत कायम हुनेछ । एक वर्षपछि भने राष्ट्र बैंकको निर्देशन अनुसार घटबढ हुनेछ ।

सुपर चमत्कारिक योजना अनुसार ऋण अवधी पाँच वर्षदेखि ३० वर्ष र कर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको एनआइसी एसिया बैंक प्रदेश १ का प्रमुख दिपक थापाले जानकारी दिए ।