लमजुङमा २२ नयाँ कोरोना संक्रमित थपिए

लमजुङ, २ साउन । गण्डकी प्रदेशमा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लमजुङका २२ नयाँ संक्रमित थपिएका हुन् ।

निर्देशनालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा लमजुङका दुई महिला र २० पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ सय ७८ पुगेको छ । शुक्रबार मध्याह्नमा निर्देशनालयले नयाँ २५ जनामा संक्रमण भएको पुष्टि गरेको थियो ।

तनहुँमा ७ जना र नवलपुरमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।

Loading...