birat ribon

कोभिड-१९ को खोपबारेका अनुसन्धान ह्याकरको निशानामा

Neuro
कोभिड-१९ को खोपबारेका अनुसन्धान ह्याकरको निशानामा

विराटनगर, २ साउन । कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरूलाई रुसी ह्याकरहरूले निशाना बनाइरहेको चेतावनी दिइएको छ ।

Padelux insider
cura insider

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी) ले ह्याकरहरूले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारीलाई निशानामा बनाइरहेको चेतवनी दिएका हुन् ।

एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुन जानकारी चोरी गरिसकेको खुलाइएको छैन । तर, खोपको अनुसन्धानमा ह्याकरहरूले कुनै पनि रोकावट भने नल्याएको बताइएको छ ।

रुसले ती आरोपहरूलाई निराधार र असैह्य भन्दै खारेज गरिदिएको छ । ब्रिटेनका औषधि उत्पादन गर्ने कम्पनी र अनुसन्धान केन्द्रहरूमा कसले ह्याक गरेको भन्ने विषयमा जानकार नरहेको र यी प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन् ।

jackson ribon