गण्डकी प्रदेशमा २५ नयाँ संक्रमित थपिए

पोखरा, २ साउन । गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ र नवलपुरमा गरी २५ नयाँ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार तनहुँमा ७ जना र नवलपुरमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिनेमा पाँच महिला र २० पुरुष छन् ।

तनहुँको म्याग्दे र भानु नगरपालिकामा २–२ जना र ब्यास नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेका छन् ।

नवलपुरका गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन् ।

Loading...