विराटनगर, २ साउन । आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दाेस्राे दिन सुनकाे मूल्य घटेकाे हाे ।
बिहीबार पनि सुनको भाउ घटेको थियो ।
बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
