birat ribon

राष्फोर्ड र मार्सियलको गोलमा युनाइटेडको सहज जित

Neuro
राष्फोर्ड र मार्सियलको गोलमा युनाइटेडको सहज जित

एजेन्सी, २ साउन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसमाथि २–० गोलको जित दर्ता गरेको हो ।

Padelux insider
cura insider

क्रिस्टलको मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले समान एक–एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७८औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० गोलको जित दिलाए ।

जितसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ । पाँचौ स्थानको युनाइटेडले २ अंक जोडेको छ ।

पराजित क्रिस्टल भने ४२ अंकका साथ १४औं स्थानमा छ ।

jackson ribon