birat ribon

बलात्कारको १४ महिनापछि पक्राउ

Neuro
बलात्कारको १४ महिनापछि पक्राउ

विराटनगर, २ साउन । एक युवतीमाथि बलात्कार गरेको अभियोग लागेका सुुनसरीको इनरुवा नगरपालिका–३ मा डेरा बस्दै आएका पप्पु भनिने जितेन्द्र पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

Padelux insider
cura insider

चिसो पेय पदार्थमा नशालु चिज मिसाएर खुवाउँदै बेहोस बनाएर २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।

उनले पहिलो पटक २०७५ चैतमा बलात्कार गरेको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिएन् । २०७६ वैशाख ६ गते युवतीले जाहेरी दिएपछि पोद्धार फरार बनेका थिए ।

उनले बलात्कार गरेको भिडियो पनि खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै आएको प्रहरीको दाबी छ ।

लामो समयदेखि फरार रहेका पोद्धार पक्राउ परेपछि बिहीबार अदालतमा उपस्थित गराइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

हदम्याद सकिन लागेपछि प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर यस अघि नै सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतत मोरङमा जवरजस्ती करणी मुुद्दा दर्ता गरिसकेको थियो ।

jackson ribon