इटहरी उपमहानगरका लेखाअधिकृत ६५ हजार घुससहित पक्राउ

विराटनगर,१ साउन । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तीयारको टोलीले घुससहित पक्राउ गरेको छ ।

बिहीबार अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्रहीबाट घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको अख्तीयर दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरी स्रोतले जानकारी दिएको छ ।

विद्यालयको योजना वापत सेवाग्राहीसँग घुस मागेका थिए । बिहीबार साँझ इटहरीको वीपी चोकमा रहेको समिप होटलबाट पक्राउ गरेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाल जानकारी दिए ।

Loading...