३० मजदुर परिवारलाई खाद्यान्य सहयोग

विराटनगर, १ साउन । लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरलाई विराटनगरका एक युवकले खाद्यान्य वितरण गरेका छन् ।

स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उनका छोरा किरणले विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्य वितरण गरेका हुन ।

तुलसी बहुमुखी सहकारी संस्थाको समन्वयमा २० केजी चामल, २ लिटर तेल र ३ केजीका दरले दाल खाद्यान्य वितरण गरिएकाे थियाे ।

राहत वितरण कार्यक्रममा विराट बुद्ध स्पोर्टिङ क्लव विराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि राम लिम्बू, मजदुर नेता मनोजसिंह राईलगायतको उपस्थीति रहेको थियो ।

Loading...