विराटनगरमा लुटपाट गरेको आरोपमा चारजना पक्राउ

विराटनगर, १ साउन । मोरङ प्रहरीले बाटो ढुकेर लुटपाट गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

११ बैशाखमा साँझ साढे ७ बजे विराटनगर ५ स्थीत सडक खण्डमा विराटनगर– २ बस्ने दिपेन्द्र विश्वासको १ थान मोबाइल र नगद लुटपाट गरेको आरोपमा चारजना युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा विराटनगर– ५ का १९ वर्षिय सुरज उराँव, राकेश सतार, सोही स्थानका २१ वर्षिय अजय सतार र २२ वर्षिय अनिल उराँव छन् ।

बैशाखयता फरार रहेका चारजनालाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

Loading...