विराटनगरमा तीनसहित प्रदेश १ मा थप ३३ जनामा काेराेना संक्रमण

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकामा ३ जनासहित प्रदेश १ मा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङमा १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा २ जना महिला १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ छ ।

Loading...