महामारीका कारण खोप लगाउने बालबालिकाको संख्या घट्दो

विराटनगर, १ साउन । कोरोना भाइस महामारीका कारण विश्वभरि नै खोप लगाउने बालबालिकाको सङ्ख्या निकै घटेको छ ।

संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणमा सहभागी ८० भन्दा बढी मुलुकका तीन चौथाइ खोप कार्यक्रमहरू प्रभावित भएको युनिसेफ र डब्लूएचओले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले यो वर्षको पहिलो चार महिनामा भ्यागुतेरोग, टेटानस र लहरे खोकीको खोप लगाउने बालबालिकाको सङ्ख्या गत तीन दशक यताकै कम रहेको जानकारी दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्षको मे महिनासम्ममा कम्तीमा ३० वटा दादुरा खोप अभियान रद्द गरिएका थिए वा खतरामा परेका थिए ।

युनिसेफका प्रमुख हेनरीट फोरले कोरोना भाइरसका कारण नियमित खोप कार्यक्रमलाई चुनौतीपूर्ण बनाइदिएको बताएकी छन् ।

तर, संयुक्त राष्ट्रसङ्घीय निकायहरूले महामारी पहिलेदेखि नै खोप कार्यक्रमको प्रगति रोकिएको बताएका छन् ।

सन् २०१९ मा करिब एक करोड ४० लाख बालबालिकाले जीवनरक्षा गर्ने खालका खोपहरू नपाएको बताइएको छ।

Loading...