यस वर्षको अन्त्यसम्ममा अमेरिकाले कोरोना भाइरस खोप पाउने

विराटनगर, १ साउन । यस वर्षको अन्त्यसम्ममा अमेरिकाले कोरोना भाइरस खोप पाउने बताइएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यस वर्षको अन्तसम्ममा अमेरिकाले कोरोना भाइरस खोप पाउने अनुमान लगाएका छन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार डाक्टर फाउचीले यो अनुमान गरिएको समयबाट आफूखुशी रहेको बताएका छन् ।

तर, बाँकी वैज्ञानिकहरूले जस्तै फाउची पनि खोपबाट शरीर कहिलेसम्म रोगबाट जोगिन सक्छ भन्ने सम्बन्धित प्रश्न अझै बाँकी नै रहेको बताउँछन् ।

अमेरिकी औषधि कम्पनी मोडर्नाको खोपको परीक्षणको क्रममा, सकारात्मक नतीजा फेला परेपछि कोरोना भाइरस खोपको बारेमा अमेरिकाबाट आएको खबर निकै राम्रो मानिएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खोपको बारेमा ठूलो उपलब्धि हासिल गरेको बताउँदै ट्वीट गरेका थिए ।

Loading...