भदौबाट ‘खलनायक २’को छायांकन सुरु

विराटनगर, १ साउन । निर्माता रोज राणाले पनि नयाँ फिल्म ‘खलनायक २’ को छायांकन सुरु गर्ने भएका छन् ।

पहिले नै संझौता गरिसकेका कलाकार र प्राविधिकहरूबाट काम छाड्ने जस्तो कुरा आएपछि राणाले भदौबाट ‘खलनायक २’को छायांकन सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

चलचित्रको सम्पूर्ण तयारी सकेर बसेपनि काम सुरु नगर्न नसकिएको राणा बताउँछन् ।

भदौसम्ममा सरकारले मापदण्ड बनाएर छायांकनको अनुमति दिन्छ भन्ने विश्वासका कारण  ‘खलनायक २’ को छायांकन सुरु गर्ने भएका हुन् ।

निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार हुने फिल्म ‘खलनायक २’को भिलेनको भुमिकामा निर्माता राणाले आफैं अभिनय गर्ने भएका छन् ।

‘खलनायक’मा नायक राजेश हमालले निर्वाह गरेको भूमिकाका बाहेक अन्य कलाकार लगभग तय गरिसकेको र केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।

Loading...