birat ribon

अझै पनि च्याम्पियन बनिसकेको महशुस गरेको छैन : जिदान

Neuro
अझै पनि च्याम्पियन बनिसकेको महशुस गरेको छैन : जिदान

एजेन्सी, १ साउन । ला लिगा च्याम्पियन बन्नबाट एक कदम मात्र पछाडि रहेको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले जितको यात्रा कायम राख्दै उपाधि जित्ने बताएका छन् ।

Padelux insider
cura insider

भिल्लारियलसँगको खेलको पूर्वसन्ध्यामा बोल्दै जिदानले आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने बताएका हुन् ।

रियलले आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा जित निकालेमा रियलले उपाधि पनि आफ्नो बनाउनेछ ।

रियललाई उपाधिका लागि मात्र २ अंकको खाँचो छ । शीर्ष स्थानको रियलसँग ८३ अंक रहेको छ । उसले साविकको विजेता बार्सिलोनाभन्दा चार अंकको अग्रता बनाएको छ । समान खेल खेलेको बार्सिलोनासँग ७९ अंक रहेको छ ।

यता, रियलको प्रतिद्वन्द्वी भिल्लारियल भने ५७ अंकका साथ पाँचौं स्थानमा छ । भिल्लारियलमाथि जित निकाल्न नसके रियलले अन्तिम खेलमा १८औं स्थानको लेगानेसविरुद्ध जित निकाल्दै रियलले उपाधि जित्नेछ ।

अन्त्यसम्ममा रियल र बार्सिलोनाको अंक बराबरी भएको खण्डमा रियलले हेड टू हेडका आधारमा बार्सालाई पछि पार्दै उपाधि जित्नेछ ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला नौ खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने नौमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

रियल सन् २०१६–१७ को सिजनपछि पहिलोपटक उपाधि नजिक पुगेको छ ।

‘हामी आजको खेल जित्न चाहन्छौं । हाम्रो तयारी त्यस्तै छ जसरी अगाडि थियो । भिल्लारियललाई पनि उसैगरी हराउने छौं,’ उनले पत्रकार सम्मेलनका क्रममा भने ।

‘मैले अझै पनि च्याम्पियन बनिसकेको महशुस गरेको छैन । के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन,’ उनले थपे ।

jackson ribon