birat ribon

पहिरोले बेपत्ता भएका दुईजनाको शव भेटियो

Neuro
पहिरोले बेपत्ता भएका दुईजनाको शव भेटियो

सिन्धुपाल्चोक, १ साउन । गए रातिको अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका-४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बग्दा बेपत्ता भएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायबउपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार १६ वर्षीय याङ्जी शेर्पा र ३५ वर्षीय साङ्बु शेर्पाको शव फेला परेको हाे ।

cura insider

अझै ३ जना बेपत्ता भएकाे उनीहरू खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले एक स्कुलमा पनि क्षति पुर्‍याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

राति १ः३० गएकाे पहिराेले घर बगाएको थियो ।

jackson ribon