birat ribon

कतार विश्वकप फुटबल नोभेम्बर २१ बाट सुरु हुने

Neuro
कतार विश्वकप फुटबल नोभेम्बर २१ बाट सुरु हुने

एजेन्सी, १ साउन । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ ।

Padelux insider
cura insider

फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै २१ नोभेम्बरबाट विश्वकप सुरु हुने जनाएको छ ।

कतार विश्वकपको उद्घाटन २१ नोभेम्बरमा अल बायत रंगशालमा हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

प्रतियोगिताको समूह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो ।

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।

jackson ribon