ओली–प्रचण्ड आआफ्नै अडानमा

विराटनगर, १ साउन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निक्कै लामो समयदेखि आन्तरिक विवाद र किचलोमा रुमलिएको छ ।

समस्या समाधानका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहालले सातपटकसम्म सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन् ।

साउन २ गते सम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका उनीहरु विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि समाधानका अचुक अस्त्र के निकाल्ने भन्नेमा अझै सहमतिमा पुुग्न सकेका छैनन् ।

प्रधानमन्त्री ओलीको पार्टीभित्रै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा छ । ओली अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडानमै छन् ।

वरिष्ठ नेता झलनाथ खनालले लगातार दुई अध्यक्षले छलफल गरे पनि अहिलेसम्म कुनै निष्कर्ष फेला पार्न नसकेको बताए । उनले भने, ‘दुई अध्यक्ष छलफलमा बस्नु त भएको छ तर सहमति केही भएकै छैन । अब अध्यक्षबीच सहमति जुटेन भनेर स्थायी समिति रोक्ने कुरा हँुदैन ।’

अब विवाद र भएका सहमति स्थायी समिति बैठकमै ल्याएर छलफल गर्ने उनको भनाइ छ ।

महासचिव विष्णु पौडेलले अध्यक्षबीच गम्भीरतापूर्वक समस्या समाधान गर्ने हेतुलै नै कुराकानी भइरहेको बताए । उनले आज बिहीबार पनि छलफल हुने बताए । बुधबारको ओली दाहालको छलफलमा केहीबेर महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

बिहीबारको छलफलमा भने पार्टीका वरिष्ठ नेता माधव नेपाललाई पनि राखेर छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले राखेका थिए । तर ओलीले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सम्भवतः सोही कारण पनि अबको छलफलमा नेपाललाई पनि राखेर राखेर छलफल गर्ने सम्भावना छ । तर उक्त छलफलको समय निर्धारण भने भएको छैन ।

ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए । त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए । साँझ भने दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरे ।

उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरेको स्रोतले बतायो ।

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवेशन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ । पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ ।

नेकपाका दुई अध्यक्ष १८ असारयता १३ दिनबीच सातपटक बालुवाटारमा वार्तामा बसे । तर वार्तामा दुवै जनाले आआफ्ना अडान राख्नेभन्दा खास निश्कर्ष निकाल्न सकेनन् । आजको अन्नपूर्ण पोस्टमा खवर छ

Loading...